निम्की बनाउन आवस्यक सामग्री :
1. मैदा : ३ कप,
2. नुन : २ चम्चा
3. घिउ : १ कप
4. जिराका दाना : १ चम्चा
5. कालो तिल : -डेढ चम्चा
6. खानयोग्य सुन्तला रंग : अलिकति
7. तेल वा घिउ तार्न : आवश्यकताअनुसार
निम्की बनाउने विधि :
1. एउटा भाँडामा मैदा राख्ने, त्यसमा नुन, तिल, जिरा, रंग, घिउ र पानी हालेर मज्जाले मुछ्ने। यस्तो पीठो नरम हुनुपर्छ।
2. त्यसपछि स-साना गोला काट्ने। त्यसलाई पातलो गोलो बनाई बेल्ने र आधा पट्याउने। फेरि तीन चुच्चा तीन पत्र हुने गरी पट्याउने।
3. त्यसपछि पान आकारमा ठूलो हुने गरी बेल्ने।
4. यसलाई तातो घिउमा दुवै साइड पकाएर निकाल्ने।